AarthikBikash
शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • राजनीति
  • केन्द्रीय बैंकको आग्रह: ‘ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं’

केन्द्रीय बैंकको आग्रह: ‘ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं’

  • बुधबार, चैत्र १५, २०७९
केन्द्रीय बैंकको आग्रह: ‘ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं’

काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिंदा लिने शुल्कका बारेमा राम्रोसँग जानकारी लिन सर्वसाधारणसँग आग्रह गरेको छ ।

कर्जा उपयोग गर्दा ब्याज मात्र नभई अन्य विभिन्न शुल्कहरु भुक्तानीका बारेमा समेत जानकारी लिन बैंकले अनुरोध गरेको हो ।
शुल्कका बारेमा कर्जा प्रदान गर्ने संस्थासँग विस्तृतमा छलफल गरी प्रष्ट भएपछि मात्र कारोबार गर्न पनि केन्द्रीय बैंकले अनुराेध गरेकाकाे छ । ऋणीलाई ब्याजदर तथा शुल्कका बारेमा सरल भाषामा बुझाउनु कर्जा प्रदान गर्ने संस्थाको दायित्व भएको केन्द्रीय बैंककाे भनाइ छ ।

विगतमा खुला छोडिएको शुल्कसम्बन्धी व्यवस्थालाई २०७७ साउनदेखि नियमन गरी कर्जा स्वीकृत गर्दा वाणिज्य बैंकले बढीमा ०.७५ प्रतिशत, विकास बैंकले बढीमा १ प्रतिशत, फाइनान्स कम्पनीले बढीमा १.२५ प्रतिशत र लघुवित्त वित्तीय संस्थाले बढीमा १.५ प्रतिशतसम्म मात्र सेवा शुल्क लिन पाउने व्यवस्था गरिएको छ ।

यी संस्थाले तोकिएको बाहेक अन्य कुनै शुल्क लिन पाउँदैनन् । साथै कर्जासँग सम्बन्धित सम्पूर्ण लागतबारे जानकारी हासिल गरेरमात्र कर्जा लिनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार