AarthikBikash
सोमवार, बैशाख २८, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • रवि लामिछानेविरुद्धको रिटमाथि सुनुवाइ भएन

रवि लामिछानेविरुद्धको रिटमाथि सुनुवाइ भएन

  • मङ्लबार, चैत्र २१, २०७९
रवि लामिछानेविरुद्धको रिटमाथि सुनुवाइ भएन

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्धको रिटमाथि सुनुवाइ रोकिएको छ। रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचलाउने निर्णयविरुद्धको रिटउपरको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा परेको भए पनि सुनुवाइ रोकिएको हो।

न्यायाधीश सिन्हाले संवैधानिक इजलासमा सुनुवाइ गरेकाले मुद्दा हेर्न नमिल्ने भएपछि रिटमाथि सुनुवाइ नभएको हो।

अधिवक्ता युवराज पौडेल (सफल)ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए। उनीविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय कानुनविपरीत रहेको भन्दै पौडेलले रिट हालेका हुन्।

सम्बन्धित समाचार