AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • मिटरव्याजपीडितको समस्या समाधान नगरे सडक संघर्षमा उत्रने लिङदेनको चेतावनी

मिटरव्याजपीडितको समस्या समाधान नगरे सडक संघर्षमा उत्रने लिङदेनको चेतावनी

  • मङ्लबार, बैशाख ५, २०८०
मिटरव्याजपीडितको समस्या समाधान नगरे सडक संघर्षमा उत्रने लिङदेनको चेतावनी

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्दोलनरत मिटरब्याज पीडितहरुको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा उनले मिटरब्याजीपीडित र हरवाचरवाको माग पूरा नगरे पार्टी सडक संघर्षमा उत्रने घोषणा गरे ।

उनले भने, ‘देशमा कसैले पनि अन्यायमा पर्नु पर्दैन । कसैले पनि हेपिनु पर्दैन राज्य अभिभावक छ निमुखाहरूप्रति राज्य उभिनुपर्ने ठाउँमा न्यायको माग गर्दै आएको मिटरव्याजपीडितहरूलाई सरकारको हिजो जुन ढंगले आक्रमण गरेको छ । त्यसको निन्दा र भर्त्सना गर्छु ।’

‘मिटरब्याजपीडितहरू, खासगरी तराईमा हरवाचरवाको पुनःस्थापना माग गरिरहेको छ, सरकारले सम्बोधन गरोस् । अन्यथा, एउटा जिम्मेवार पार्टीको हैसियतले राष्ट्रिय प्रजातन्त्र पार्टी सडक संघर्षमासम्म जाने घोषणा गदर्छु,’ लिङदेनले भने ।

Facebook Comments

सम्बन्धित समाचार