काठमाडौं-नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले ग्यास र विजुली चलाउने शिक्षा विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दौ सांसलद भण्डारीले सो कुरा बताएका हुन्।
गत ३ पुसमा घरमा ग्यास लिक भएर भएको आगलागीमा परी घाइते भएका सांसद भण्डारीले संसद बैठकमा बोल्दै लेन क्रस गर्नेदेखि घरमा ग्यास र विलुली कसरी चलाउने भन्ने शिक्षा विद्यालयको पाठ्यक्रममा नै समावेश गर्नुपर्ने बताएका हुन्।
जलनमा परेर अघिल्लो वर्ष ११० र यो वर्ष आफ्नो आमासहित १११ जनाको मृत्यु भएको भन्दै उनले यसलाई गम्भीर रुपमा लिनुपर्ने बताए।
जलनका घाइतेमध्ये विगत तीन वर्षमा तीन जना मात्र भेन्टिलेटरमा पुगेर पनि बाँचेको र त्यसमध्ये आफू एक भएको भन्दै उनले उद्दार गर्ने, उपचार गर्ने स्वास्थ्यकर्मी, सहयोग गर्ने सरकार सबैलाई धन्यवाद दिए।