AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • यो बजेटमा विद्यमान आर्थिक अवस्थालाई बेवास्ता गरियाे : विष्णु पौडेल

यो बजेटमा विद्यमान आर्थिक अवस्थालाई बेवास्ता गरियाे : विष्णु पौडेल

  • आइतवार, जेष्ठ २८, २०८०
यो बजेटमा विद्यमान आर्थिक अवस्थालाई बेवास्ता गरियाे : विष्णु पौडेल

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्रका समस्या चिन्न नसकेको बताएका छन् । प्रतिनिधि सभामा बजेटमाथि आफ्ना भनाइ राख्दै उनले समाधानका उपायसमेत पहिल्याउन नसकेको बताएका छन् ।

उनले भने, ‘यो बजेटले अर्थतन्त्रका समस्या चिन्न सकेको छैन र समाधानका उपाय खोज्न पनि सकेको छैन । विद्यमान आर्थिक अवस्थालाई बेवास्ता गरेको छ । अर्थतन्त्रका चुनौती र सम्भावना पहिचान गर्न नसकेका कारण समधानका उपाय खोज्न सकेको छैन ।’

रोजगारीका अवसरमा कमी हुँदै गएको, आकासिदो मूल्यवृद्धि र मन्दीको मारमा परेको अर्थतन्त्रका विषयमासमेत बजेट बोल्न नसकेको उनले बताए। वर्तमान यथार्थ स्वीकार गर्न नसकेको बताउँदै उनले थपे, ‘न वर्तमान संकटको सामाना गर्ने संकल्प छ, न पुनर्जीवन दिने प्रयत्न गरिएको छ ।’

सरकारले अर्थतन्त्रमा लागेको डढेलो छोप्ने प्रयत्न गरेको उनको आरोप छ। अर्थतन्त्रमा सकारात्मक संकेत देखिन थालेको भन्दै भ्रम छर्ने कोशिस भएको उनको भनाइ छ।

‘सरकारको आमदानी र खर्च गर्ने क्षमतामा यो बजेटले प्रश्न उठाएको छ । चालू आर्थिक वर्षकोभन्दा आगामी आर्थिक वर्षको कूल विनियोजन कम हुनुले पनि स्रोत र साधन परिचालन गर्न सरकार असक्षम छ भन्ने देखाउँछ,’ उनले भने ।

Facebook Comments

सम्बन्धित समाचार