AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • अमेरिकी सहायक विदेशमन्त्री लु काठमाडौंमा

अमेरिकी सहायक विदेशमन्त्री लु काठमाडौंमा

  • शुक्रबार, असार २९, २०८०
अमेरिकी सहायक विदेशमन्त्री लु काठमाडौंमा

काठमाडौं-अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आएका छन् ।

दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लुले एकदिने नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

उनले आजै ४ बजे परराष्ट्रमन्त्री साउदसँग भेट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री र लूबीच बेलुकी ६ बजे बालुवाटारमा नै भेट हुनेछ ।

लु अहिले दक्षिण एसिया भ्रमणमा छन् । भेटवार्तामा लुले ५०० मिलियन अमेरिकी डलर अनुदानको एमसीसी परियोजना कार्यान्वयनको अवस्था, दुई मुलुकबीचको सम्बन्धलगायत विषयमा कुराकानी गर्ने तयारी छ ।

Facebook Comments

सम्बन्धित समाचार