AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसुची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसुची

  • आइतवार, असार ३१, २०८०
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसुची

काठमाडौं-प्रतिनिधिसभा बैठक बस्दैछ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक अपरान्ह १ः०० बजे बोलाइएको छ ।

संघीय संसद सचिवालयले सार्बजनिक गरेको कार्यसुची अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संसोधन गर्न बनेको बिद्येयक २०८०’ लाई प्रस्तुत गर्नेछन् ।

उनले सो प्रस्ताव माथीको संसोधनहरुलाई निर्णायार्थ प्रस्तुत गर्ने देखी पारित गरियोस भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

यसैगरी, शिक्षा बिज्ञान तथा प्रवृधि मन्त्री अशोककुमार राइले राष्ट्रिय सभामा उत्पति भएको ‘नेपाल विश्वबिद्यालय बिद्येयक २०८०’ माथी बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसुचीमा उल्लेख गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार