кракен ссылкакракен ссылка
AarthikBikash
बुधबार, जेष्ठ २९, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • राजनीति
  • कोसी सरकारविरुद्धको रिट पूर्ण इजलासमा पठाइयो

कोसी सरकारविरुद्धको रिट पूर्ण इजलासमा पठाइयो

  • सोमवार, साउन ८, २०८०
कोसी सरकारविरुद्धको रिट पूर्ण इजलासमा पठाइयो

काठमाडौं-कोसी प्रदेश सरकारविरुद्धको रिट सर्वोच्च अदालतको पूर्ण इजलासले हेर्ने भएको छ ।

सोमबार न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेसी तोकिएको थियो। तर, दुई पक्षबीच यही इजलासबाट टुंग्याउने कि संवैधानिक इजलासमा लैजाने भन्ने विषयमा मतभेद देखिएपछि सुनुवाई रोकिएको थियो। पछि संयुक्त इजलासले रिट पूर्ण इजलासमा पठाउने आदेश गरेकाे हाे । मंगलबारका लागि दोस्रो नम्बरमा पेशी तोकिएकाले सुनवाइ हुने सम्भावना छ।

गत असार २२ गते एमाले कोसी प्रदेश सभा संसदीय दलका नेता कार्कीले सभामुखको हस्ताक्षर लिएर बहुमत देखाउँदै गठन भएको कांग्रेस संसदीय दलका नेता उद्धव थापा नेतृत्वको सरकारविरुद्ध रिट दायर गरेका थिए । उनले थापा नेतृत्वमा बनेको सरकार अवैध ठहर गरी त्यसअघिको सरकारलाई काम गर्ने आदेश माग गरेका छन् ।

सम्बन्धित समाचार