AarthikBikash
आइतवार, अशोज ६, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • विराटनगरका रोहित चौधरीलाई गोली हानी हत्या गरेको आरोपमा दुईजना पक्राउ

विराटनगरका रोहित चौधरीलाई गोली हानी हत्या गरेको आरोपमा दुईजना पक्राउ

  • बुधबार, साउन १७, २०८०
विराटनगरका रोहित चौधरीलाई गोली हानी हत्या गरेको आरोपमा दुईजना पक्राउ

विराटनगर-विराटनगरका रोहित चौधरीलाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। विराटनगर– ५ का चौधरीको हत्या आरोपमा प्रहरीले पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको सुनसरी प्रहरीले जनाएको छ।

घटना भएको १२ दिनपछि हत्या आरोपीलाई प्रहरीले सार्वजनिक गर्ने तयारी गरेको छ। बुधबार दिउँसो ३ बजे कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा पत्रकार सम्मेलन गरी हत्या आरोपीलाई सार्वजनिक गर्ने तयारी रहेको कोशी प्रदेश प्रहरी विराटनगरका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए।

उनले पत्रकार सम्मेमा घटनाको बारे जानकारी दिने समेत बताए । साउन ४ गते चौधरीमाथि धरान–इटहरी सडक खण्डमा सेउती पुल नजिकै गोली प्रहार भएको थियो। विराटनगरबाट धनकुटाको मुलघाटबाट घुमेर फर्किने क्रममा धरानको जंगलमा दाहिने कोखमा गोली लागेको थियो।

उनको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो।

Facebook Comments

सम्बन्धित समाचार