AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • दुश्मनी गरेर कहीँ पनि पुग्न सकिँदैन, मतभेद विधि र प्रक्रियाबाट समाधान गरौं : केपी ओली

दुश्मनी गरेर कहीँ पनि पुग्न सकिँदैन, मतभेद विधि र प्रक्रियाबाट समाधान गरौं : केपी ओली

  • शनिबार, मंसिर ३०, २०८०
दुश्मनी गरेर कहीँ पनि पुग्न सकिँदैन, मतभेद विधि र प्रक्रियाबाट समाधान गरौं : केपी ओली

पाँचथर-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुश्मनी गरेर कहीँ पनि पुग्न नसकिने टिप्पणी गरेका छन् ।

शनिबार पाँचथरको फिदिममा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन् ।

उनले कुनै मतभेद र आपसी समस्या भए विधि र प्रक्रिया भित्रैबाट संवाद गरी समाधान गर्न सकिने बताए ।

पहिचानवादीहरुले एमालेमाथि निशाना साँधिरहेका बेला मुलुकमा आपसी द्वन्द्व, वैमनष्यता, आशंका र अविश्वास भइरहे त्यसले तनाव सृजना गर्ने र गरिवी नहट्ने उनको भनाई छ ।

अध्यक्ष ओलीले मुलुक बनाउने काम एमालेले मात्रै गर्नसक्ने दाबी समेत गरे ।

Facebook Comments

सम्बन्धित समाचार