AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • विधान संशोधन प्रस्तावमा छलफल गर्दै एकीकृत समाजवादी

विधान संशोधन प्रस्तावमा छलफल गर्दै एकीकृत समाजवादी

  • मङ्लबार, पुस ३, २०८०
विधान संशोधन प्रस्तावमा छलफल गर्दै एकीकृत समाजवादी

काठमाडौं-नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज पनि बस्दै छ । सोमबारबाट सुरु भएको बैठक आज पनि बस्ने भएको हो ।

सोमबारको बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव पेस गरिएको थियो । विधान संशोधन कार्यदलले विधान संशोधनसम्बन्धी प्रस्ताव पेस गरेको हो ।

यसअघिको बैठकले पार्टीका संगठन विभाग प्रमुख तथा उपाध्यक्ष वेदुराम भुसालको संयोजकत्वमा महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वालासहितको तीन सदस्यीय कार्यदल बनाएको थियो ।

बैठकमा कार्यदलका संयोजक भुसालले प्रस्ताव पेस गरेका हुन् । उक्त प्रस्तावमाथिको छलफल आजको बैठकमा पनि जारी रहने बताइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार