AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • टेरामक्स कार्यान्वयन नगर्न निर्देशन दिइएको छ : सञ्चारमन्त्री शर्मा

टेरामक्स कार्यान्वयन नगर्न निर्देशन दिइएको छ : सञ्चारमन्त्री शर्मा

  • बिहिबार, माघ ४, २०८०
टेरामक्स कार्यान्वयन नगर्न निर्देशन दिइएको छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं-सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेरामक्स कार्यान्वयन नगर्न निर्देशन दिइएको बताएकी छन्।

प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा बोल्दै सञ्चारमन्त्री शर्माले सो कुरा बताएकी हुन् ।

सञ्चारमन्त्री शर्माले अदालतले पनि गोपनीयताको कानुन र कार्यविधि स्पष्ट नभएसम्म अघि नबढ्न भनेको बताइन् ।

टेलिकम अपरेटरले अनिच्छा देखाएको, मन्त्रालयले पनि कानुन र कार्यविधि बनाएर मात्र अघि बढ्ने निर्यण गरेकाले यो लागु नभएको उनले स्पष्ट पारिन् ।

सञ्चारमन्त्री शर्माले एमडीएमएस प्रणालीको खरिददेखि सामग्रीबारे छानबिन समिति बनाइएको र निष्कर्ष निकालेको बताइन्।

अहिले पनि एमडीएमएस निर्णयको प्रक्रियामा रहेको उनले उल्लेख गरिन् । यसको सफ्टवेयर र हार्डवेयर पनि हेरफेर भइरहेको उनको भनाइ छ ।

Facebook Comments

सम्बन्धित समाचार