AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • बागलुङमा दुर्गा प्रसाईंमाथि मुक्का प्रहार

बागलुङमा दुर्गा प्रसाईंमाथि मुक्का प्रहार

  • बिहिबार, माघ ४, २०८०
बागलुङमा दुर्गा प्रसाईंमाथि मुक्का प्रहार

पोखरा-बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।

बिहीबार दिउँसो करिब २ बजे बागलुङ नगरपालिका–२, लोकतान्त्रिक चोकमा प्रसाईंमाथि मुक्का प्रहार भएको हो ।

प्रसाईंमाथि हातपात गर्ने बागलुङकै धौलागिरी चोकमा जुत्ता पसल गर्ने ३७ वर्षका रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उक्त स्थानमा प्रसाईं पक्षबाट आमसभा आयोजना गरिएको थियो । आमसभामा करिब २०० मानिस सहभागी थिए ।

गौतमलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याई सोधपुछ गरिरहेको बागलुङ प्रहरीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार