кракен ссылкакракен ссылка
AarthikBikash
सोमवार, साउन २०, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • राजनीति
  • Вот актуальная кракен даркнет для входа.
  • प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपति सिंघेबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपति सिंघेबीच भेटवार्ता

  • शनिबार, माघ ६, २०८०
प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपति सिंघेबीच भेटवार्ता

काठमाडौं-नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेबिच भेटवार्ता भएको छ।

असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) का सदस्य राष्ट्रहरूको उन्नाइसौँ सम्मेलनमा भाग लिन युगान्डाको कम्पाला पुगेका दुई नेतासहितको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको हो।

भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले असंलग्न परराष्ट्र नीतिका मामिलामा नेपाल र श्रीलंका एक ठाउँमा उभिएकाले क्षेत्रीय सहकार्य र हितका मामिलामा समेत दुबै देश एक ठाउँ उभिन आवश्यक रहेकोमा जोड दिए ।

भेटमा प्रधानमन्त्रीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई सक्रिय र गतिशील तुल्याउन आवश्यक रहेकोमा जोड दिँदै त्यसका निम्ति साझा भूमिका खेल्नुपर्ने बताए। सार्कलाई गतिशील तुल्याएर क्षेत्रीय सहकार्य र साझा हितका विषयहरू सम्बोधन गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिएको उनको सचिवालयले जनाएको छ।

सम्बन्धित समाचार