काठमाडौं- त्रिभुवन विमानस्थलबाट करिब आधा केजी सुनसहित एक युवा पक्राउ परेका छन् ।
कतारको दोहाबाट त्रिभुवन विमानस्थल उत्रिएका झापाका २३ वर्षीय खगेन्द्र दर्जीलाई ४९९ ग्राम सुनसहित नियन्त्रणमा लिइएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेले जानकारी दिए ।
बरामद भएको केही सुन अर्धठोस अवस्थामा रहेको छ ।