AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • क्रान्तिका बाँकी कार्यभार पूरा गर्न सङ्कल्प गरौँ : प्रधानमन्त्री प्रचण्ड

क्रान्तिका बाँकी कार्यभार पूरा गर्न सङ्कल्प गरौँ : प्रधानमन्त्री प्रचण्ड

  • मङ्लबार, माघ १६, २०८०
क्रान्तिका बाँकी कार्यभार पूरा गर्न सङ्कल्प गरौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने सहिदहरू विगत, वर्तमान र भविष्यका निम्ति समेत सबैका लागि प्रेरणाका स्रोत रहेको बताएका छन् ।

सहिद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।प्रधानमन्त्री प्रचण्डले आजको दिन महान् सहिदहरूको स्मरणका साथै देश र जनताको मुक्ति एवं प्रगतिका निम्ति सहिदहरूले देखेका सपना र गर्नुभएको अठोटलाई शिरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गर्न सङ्कल्प गर्न आग्रह गरे ।उनले सहिदका सपना पूरा गर्न मन, वचन र कर्मले सबै क्रियाशील रहन आवश्यक रहेको बताए ।

लैनचौरको सहिद स्मृति पार्कमा आयोजित कार्यक्रममा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोललगायतको उपस्थिति थियो ।

Facebook Comments

सम्बन्धित समाचार