mega darknetmega darknet
AarthikBikash
शुक्रबार, पुस ४, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • सीआईबीले भन्यो : लामो अनुसन्धानपछि मात्रै अरुण चौधरीलाई पक्राउ गरिएको हो

सीआईबीले भन्यो : लामो अनुसन्धानपछि मात्रै अरुण चौधरीलाई पक्राउ गरिएको हो

  • शुक्रबार, पुस ४, २०८२
सीआईबीले भन्यो : लामो अनुसन्धानपछि मात्रै अरुण चौधरीलाई पक्राउ गरिएको हो

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बाँसबारी जग्गा घोटाला प्रकरणमा लामो समयदेखि अनुसन्धान गरिरहेको बताएको छ।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा व्यवसायी अरुण चौधरी, तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र संजय ठाकुर पक्राउ परेपछि सीआईबीले पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराएको हो।

सीआईबीले चौधरी ग्रुपले हडपेको जग्गा प्रकरणसम्बन्धमा तीन महिना लामो अनुसन्धानपछि मात्रै आरोपितहरूलाई पक्राउ गरेको जनाएको छ ।  सीआईबीका अनुसार बाँसबारीको जग्गा व्यक्तिलाई दिनेबारे कुनै सरकारी निर्णय भएको छैन।प्रहरीले हठात पक्राउ गरेको भन्दै नेपाल उद्योग परिसंघले विरोध गरेको थियो । तर सीआईबीले आज पत्रकार सम्मेलन गरेर लामो अनुसन्धानपछि मात्र पक्राउ गरिएको स्पष्टीकरण दिएको छ ।

कानुन विपरीत संचालक समितिले आफूलाई फाइदा र तत्कालीन सरकारलाई हानी नोक्सानी गर्ने उद्देश्यले २०४३ साल भदौ १० गते बाँसबारी छाला जुत्ता कारखानाको तर्फबाट कार्यकार्य अध्यक्ष अजित नारायणले चौधरी समेत संचालक रहेको च्याम्पियन फुटवेयर लिको नामक कम्पनी खडा गरेको पाइएको सीआईबीको जनाएको छ।

सम्झौताअनुसार जारी पुँजी ५० लाख रहेको त्यो कम्पनीमा अरुण चौधरी समूहको ५१ प्रतिशत, बाँसबारीको २५ प्रतिशत र सार्वसाधारणको २४ प्रतिशत शेयर हुनेपर्ने हो ।

तर १२ लाख ५० हजार लगानी गर्नुपर्ने छालाजुत्ताले २६ लाख बढी लगानी गरेको पाइएको छ । सम्झौता अनुसार बाँसबारीको १० रोपनी जग्गा लिएपछि च्याम्पियन फुटवेयर कम्पनी नै बन्द भएको पाइएको सीआईबीले जनाएको छ ।

सम्बन्धित समाचार