mega darknetmega darknet
AarthikBikash
सोमवार, भदौ २३, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • बाँसबारी जग्गाबारे मालपोतको फाइल झिकाउन अदालतको आदेश

बाँसबारी जग्गाबारे मालपोतको फाइल झिकाउन अदालतको आदेश

  • शुक्रबार, फाल्गुन १८, २०८०
बाँसबारी जग्गाबारे मालपोतको फाइल झिकाउन अदालतको आदेश

काठमाडौं- सर्वोच्च अदालतले बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको जग्गा सरकारको नाममा ल्याउने निर्णयको फाइल झिकाउन आदेशको दिएको छ ।

सीजी चाँदबाग रेसिडेन्सी प्रा.लि.को नाममा रहेको जग्गा सरकारको नाममा ल्याउने प्रक्रियाविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै अदालतले मालपोतको फाइल झिकाउने आदेश दिएको हो।मालपोत कार्यालय, डिल्लीबजारले २४ माघमा च्याम्पियन फुटवेयर प्रा.लि.को नाममा दर्ता कायम रहेको जग्गा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को पत्राअनुसार ‘सरकारका नाममा श्रेस्ता अध्यावधिक गरी ल्याउन’ भन्दै सञ्चालक समितिका सीजी चाँदवाग रेसिडेन्सी प्रा.लि.लाई पत्र काटेको थियो ।सीआईबीले १८ फागुनमा च्याम्पियन फुटवेयर प्रा.लि. (हालको सीजी चाँबाग रेसिडेन्सी प्रा.लि.) का सञ्चालक एवं शेयर धनी अरुणकुमार चौधरी, सञ्जय ठाकुर र तत्कालीन बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापालाई पक्राउ गरेको थियो ।

सिजि चाँदवाग रेसिडेन्सी प्रालिका तर्फबाट गत फागुन १३ गते दर्ता भएको रिटमाथि सुनुवाइ गर्दै शुक्रबार न्यायाधीश डा.आनन्दमोहन भट्टराई र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले सो जग्गा सरकारका नाममा ल्याउने निर्णयको फाइल झिकाउने आदेश दिएको हो।यसअघि फागुन १४ गते न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले सो रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको थियो। त्यसपछि सुनुवाइका लागि फागुन १७ गते पेशी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा राखेको थियो।

सम्बन्धित समाचार