काठमाडौं-काठमाडौंको नागार्जुनमा पहिरोमा पुरिँदा एक जनाको मृत्यु भएको छ।
अविरल वर्षापछि गएको पहिरोका कारण स्थानीय ट्रपिकल रेष्टुरेन्टको भान्साकोठा पुरिँदा गोरखाको शहीद लखन गाउँपालिका-६ घर भएका २२ वर्षका मनोज बिकको मृत्यु भएको हो ।
किचन हेल्परका रुपमा काम गर्ने बिक पहिरोले घर पुरिँदा गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।
वर्षाका कारण काठमाडौंको सबैजसो नदीको जलसतह बढेको छ । भक्तपुरमा नदी तथा खोला किनारका बस्तीका कतिपय घर डुबानमा परेका छन् ।