AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • राजनीति
  • संसदीय दलमा प्रचण्डको ब्रिफिङ : ओलीले जालझेल र षड्यन्त्रको राजनीति गरे

संसदीय दलमा प्रचण्डको ब्रिफिङ : ओलीले जालझेल र षड्यन्त्रको राजनीति गरे

  • बुधबार, असार २६, २०८१
संसदीय दलमा प्रचण्डको ब्रिफिङ : ओलीले जालझेल र षड्यन्त्रको राजनीति गरे

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूसँग एमाले अध्यक्ष केपी शर्मा ओलीले षड्यन्त्रको राजनीति गरेको बताएका छन् ।

माओवादी संसदीय दलको बुधबार बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्तो ‘ब्रिफिङ’ गरेका हुन्।

उनले तत्कालीन सत्ता साझेदार दल एमालेका अध्यक्ष ओलीले जालझेल र षड्यन्त्र गरेको ब्रिफिङ पार्टीका सांसदहरुसमक्ष गरे ।

कांग्रेसलाई पनि सरकारमा सामेल गर्ने गरी संवाद गरेको भनेर सार्वजनिक समाचारमा सत्यता नभएको प्रधानमन्त्री प्रचण्डले बताए ।

बैठकमा प्रचण्डले एमाले अध्यक्ष ओलीसँग भएका पछिल्ला भेटवार्ताहरुबारे जानकारी गराएका थिए ।

कांग्रेस र एमालेबीच सहमति हुन लागेको चर्चा सुरु भएपछि आफूले तपाईं प्रधानमन्त्री बन्ने हो भने म राजीनामा दिन्छु भनेको उनले स्मरण गरे ।

तर ओलीले सरकारलाई प्रभावकारी बनाउने, राजनीतिक नियुक्तिबारे टीओरआर बनाउने कुरा गरेर गठबन्धन फेर्न लागेको होइन भनेर भ्रमपूर्ण रुपमा आफूलाई आश्वस्त पारेको प्रचण्डले बताए ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले एमालेसँग गठगबन्धन गर्नुको आफ्नो उद्देश्य बामहरुको एकता भएको बताए ।

तत्कालका लागि हामीलाई नोक्सान जस्तो देखिएपनि यसले दीर्घकालमा एमालेलाई नै नोक्सान गर्ने उनको भनाई छ ।

Facebook Comments

सम्बन्धित समाचार