AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • राजनीति
  • गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न सहकारी पीडितको माग

गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न सहकारी पीडितको माग

  • बुधबार, असार २६, २०८१
गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न सहकारी पीडितको माग

काठमाडौं-सहकारी पीडितहरुले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीमा छानबिन गर्न माग गरेका छन् ।

सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिमा बोल्दै सहकारी पीडितहरुले यस्तो माग गरेका हुन् ।

उनीहरुले साहारा बहुउद्देश्यीय सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा १ अर्ब रुपैयाँ लगानी गरेको भन्दै तत्कालीन गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक तथा गृहमन्त्री लामिछाने उपर पनि छानबिन आवश्यक रहेको बताएका छन् ।

साहारा सहकारीपीडितले सहकारीको नीति र कानुनविपरीत गोर्खा मिडिया नेटवर्कमा लगानी लगाइएको भन्दै उक्त रकम अपचलन गर्ने शक्तिशाली व्यक्ति गृहमन्त्री भए पनि अनुसन्धान गरी दोषी भए हदैसम्मको कारबाही गर्न समितिसँग पीडितहरुले माग गरे ।

समितिमा आएका अधिकांश सहकारी पीडितहरूले समितिले निष्पक्ष रूपमा छानबिन गरी पीडितलाई न्याय दिनुपर्ने माग राखेका छन् ।

शक्ति र राजनीतिक आडमा बसेका सहकारी सञ्चालकहरूबाट बचतकर्ताको रकम तत्काल फिर्ता गराउनुपर्ने उनीहरूको माग छ ।

Facebook Comments

सम्बन्धित समाचार