AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • राजनीति
  • कांग्रेस र एमालेलाई प्रचण्डको प्रश्न : नियत सफा भए सहमति गर्न अध्यारो र बन्द कोठा चाहिन्छ ?

कांग्रेस र एमालेलाई प्रचण्डको प्रश्न : नियत सफा भए सहमति गर्न अध्यारो र बन्द कोठा चाहिन्छ ?

  • शुक्रबार, असार २८, २०८१
कांग्रेस र एमालेलाई प्रचण्डको प्रश्न : नियत सफा भए सहमति गर्न अध्यारो र बन्द कोठा चाहिन्छ ?

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा एमालेबीच मध्यरातमा गरिएको सहमति रहस्यमय भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्ने प्रस्तावका क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले मध्यरातमा गरिएको सहमति निरंकुशता र अधिनायकवादको बाटो भएको आरोप लगाए ।

प्रधानमन्त्री प्रचण्डले संसदको पहिलो र दोस्रो दल मिल्नु रहस्यमय रहेको बताए।

प्रधानमन्त्री प्रचण्डले भने,‘नाटकीय घटनाक्रमबाट नभइ पहिलो र दोस्रो दललाई विश्वास र आदर्श र निश्चित उद्देश्यले जोडेको भए मलाई चिन्ताको विषय हुने थिएन । त्यो डर र भयले जोड्यो। हस्यमय ढंगले संविधानमाथि छेडछाड गर्ने कोसिस भएको छ। हस्ताक्षरको समय कुन रोज्नु भयो, जनताले बुझिरहेका छन्, नियत सफा भए सहमति गर्न अध्यारो र बन्द कोठा चाहिन्छ ?’

पहिलो र दोस्रो मिल्दा लोकतन्त्र कमजोर, निरंकुशता र अधिनायकवादलाई प्रश्रय दिएको विश्वमा उदाहरण रहेको प्रचण्डले बताए ।

आफूले सबै भन्ने हो भने लाजमर्दो अवस्था आउने उनले बताए ।

Facebook Comments

सम्बन्धित समाचार