mega darknetmega darknet
AarthikBikash
मङ्लबार, भदौ २४, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • त्रिशूलीमा बेपत्ता यात्रुहरुको खोजी तीव्र पार्न प्रचण्डको निर्देशन

त्रिशूलीमा बेपत्ता यात्रुहरुको खोजी तीव्र पार्न प्रचण्डको निर्देशन

  • आइतवार, असार ३०, २०८१
त्रिशूलीमा बेपत्ता यात्रुहरुको खोजी तीव्र पार्न प्रचण्डको निर्देशन

काठमाडौं- कामचलाउ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिशूली नदीमा गाडी खसेर बेपत्ता भएका यात्रुहरूको खोजीलाई तीव्रता दिन निर्देशन दिएका छन्।

प्रधानमन्त्री प्रचण्डले सुरक्षा प्रमुखहरुसँग सिमलताल बस दुर्घटना पछिको खोजी कार्यको जानकारी लिनुका साथै खोजीकार्यलाई अझै तिब्रता दिन निर्देशन दिएका हुन्।प्रधानमन्त्री प्रचण्डले देशका विभिन्न भागमा बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपत्ति तथा दुर्घटनाको उद्धारमा खटिएका सुरक्षाकर्मीलाई धन्यवादसमेत दिए ।

देशको राजनीतिक परिस्थिति जस्तो भए पनि स्थायी सरकारको रुपमा रहेको कर्मचारीतन्त्र र सुरक्षा निकायले अविचलित र अभिछिन्न जनताको सेवामा लागि पर्न प्रचण्डले आग्रहसमेत गरे।प्रधानमन्त्री प्रचण्डले सबै उपायहरूको अबलम्बन गरेर हराइरहेकाहरूको खोजी कार्यलाई अझै तीव्रता दिन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा प्रधानमन्त्रीले सिमलताल लगायत देशभरका दुर्घटनामा जोखिम मोलेर खोज, राहत र उद्दारमा संलग्न सुरक्षाकर्मीलाई धन्यवाद व्यक्त गरे।उक्त अवसरमा उनले सिमलताल लगायत देशका विभिन्न भागमा बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपत्तिको कारण भएको जनधनको क्षतिप्रति दुख व्यक्त गरेका थिए।

सम्बन्धित समाचार