AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • गोरखा पहिरो : तीनजना बेपत्ता, दुईको घाइते अवस्थामा उद्धार

गोरखा पहिरो : तीनजना बेपत्ता, दुईको घाइते अवस्थामा उद्धार

  • आइतवार, साउन १३, २०८१
गोरखा पहिरो : तीनजना बेपत्ता, दुईको घाइते अवस्थामा उद्धार

गोरखा – गोरखाको धार्चे गाउँपालिका वडा नम्बर–५ मा पहिरो जाँदा तीनजना बेपत्ता भएका छन् ।

पहिरोमा पुरिएका पाँचमध्ये दुई जनाको उद्धार गरिएको हो । उनीहरु घाइते अवस्थामा भेटिएको गोरखा प्रहरीले जनाएको छ ।

पहिरो गएको ठाउँ विकट भएकाले उद्धारका लागि जान समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

आज बिहान ३ बजे गएको पहिरोले स्थानीय जितबहादुर गुरुङ्गको घर पुरिएको थियो । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार