AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सौर्य एयर दुर्घटनाको छानबिन समितिमाथि राप्रपा अध्यक्ष लिङ्देनले उठाए प्रश्न

सौर्य एयर दुर्घटनाको छानबिन समितिमाथि राप्रपा अध्यक्ष लिङ्देनले उठाए प्रश्न

  • आइतवार, साउन १३, २०८१
सौर्य एयर दुर्घटनाको छानबिन समितिमाथि राप्रपा अध्यक्ष लिङ्देनले उठाए प्रश्न

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सौर्य एयरलाइन्सको जहाज दुर्घटनासम्बन्धी अध्ययन गर्न गठन गरिएको छानबिन समितिमाथि नै प्रश्न उठाएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा धारणा राख्दै अध्यक्ष लिङ्देनले समितिको निष्पक्षतामाथि नै प्रश्न उठाएका हुन्। उनले छानबिन गर्नुपर्ने व्यक्तिकै भिनाजु नाता पर्ने व्यक्तिलाई छानबिन समितिमा राखेको भनेर प्रश्न उठाए।अध्यक्ष लिङ्देनले भने,‘छानबिन समितिको गठनमा नै प्रश्न उठेको छ । सौर्य एयरलाइन्स दुर्घटनामा अनुसन्धानको दायरामा सबैभन्दा पहिलो आउने सुरक्षा प्रमुखका भिनाजुलाई आयोगमा राखिएको छ ।’एउटै व्यक्तिलाई पटक–पटक छानबिनको जिम्मेवारी दिने गरिएको भनेर पनि उनले सरकारमाथि प्रश्न उठाए । विमानलाई सी–चेकका लागि पोखरा नै लैजानु पर्ने कारण समेत थाहा हुन नसकेको बताए ।

सौर्य एयरलाइन्स दुर्घटनाको घटनाक्रमलाई हेर्दा नियामक निकायको लापरबाही देखिएको अध्यक्ष लिङ्देनको भनाई छ।यसअघि पोखरा विमानस्थलमा पनि जडान हुनुपर्ने सबै प्रविधि जडान नभई पोखरा विमानस्थललाई उडानका लागि योग्य भनिएकोमा पनि उनले प्रश्न उठाए ।गत बुधबार त्रिभुवन विमानस्थलबाट पोखरातर्फ उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर जहाजमा सवार १९ मध्ये विमान चालक मनिषरत्न शाक्यबाहेक सबैको मृत्यु भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार