AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • एकीकृत समाजवादीको केन्द्रिय समिति बैठक सर्यो

एकीकृत समाजवादीको केन्द्रिय समिति बैठक सर्यो

  • सोमवार, साउन १४, २०८१
एकीकृत समाजवादीको केन्द्रिय समिति बैठक सर्यो

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको आज बस्ने भनिएको केन्द्रीय कमिटी बैठक बुधबारसम्मका लागि सरेको छ ।एकीकृत समाजवादीको हालै सम्पन्न महाधिवेशनले पदाधिकारी र केन्द्रीय छनौट गर्ने जिम्मा केन्द्रीय समितीलाई दिएपनि अहिलेसम्म छनौट गर्न सकेको छैन । पदाधिकारी र केन्द्रीय सदस्यको छनौट गर्न सहमति बनाउने प्रयास गरिएकाले बैठक सारिएको बताइएको छ ।

पार्टी विधानअनुसार २९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएकामा अब ३२९ सदस्यीय कार्यसमिति विस्तार हुनेछ ।सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनयन गर्ने, कमिटीलाई पूर्णता दिएपछि पदाधिकारी चयन गर्नेलगायत विषयमा छलफल हुने बैठकका एजेण्डा रहेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार