AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सहकारी ठगेर विदेश भागेकालाई स्वदेश फर्काउन गृहमन्त्री लेखकलाई समितिको निर्देशन

सहकारी ठगेर विदेश भागेकालाई स्वदेश फर्काउन गृहमन्त्री लेखकलाई समितिको निर्देशन

  • सोमवार, साउन १४, २०८१
सहकारी ठगेर विदेश भागेकालाई स्वदेश फर्काउन गृहमन्त्री लेखकलाई समितिको निर्देशन

काठमाडौं । सहकारीको बचत रकम दुरुपयोगबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले गृहमन्त्री रमेश लेखकसँग छलफल गरेको छ ।

सोमबार बसेको समितिको बैठकले गृहमन्त्री लेखक, गृहसचिव एकनारायण अर्याल र आईजीपी बसन्तबहादुर कुँवरसँग छलफल गरेको हो ।छलफलमा समितिले सहकारीको रकम हिनामिना र अपचलनमा संलग्न भएर विदेशमा रहेकाहरूलाई स्वदेश फर्काउन गृहमन्त्री लेखकलाई निर्देशन दिएको छ ।

समितिले देशबाहिर फरार भएका १८ जनालाई स्वदेश फर्काउने व्यवस्था गर्न आग्रह गरेको छ ।

बैठकले सहारा, सूर्यदर्शन लगायतका सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेका जीबी राईलाई तत्काल स्वदेश फर्काउन निर्देशन दिएको छ ।

त्यस्तै,सूर्यदर्शनका ज्ञानबहादुर बम्जन, थानबहादुर राई, भुपेन्द्र राई, सानोपाइलाका तस्विरन खातुन र अश्रफ अली, सहारा तथा सुप्रिमका सुवास केसीलाई पनि झिकाउन भनिएको छ ।

सुमेरु सहकारीको रकम अपचमलनमा संलग्न भएको आरो लागेका भरत महर्जन, उनको श्रीमती माजमाया, छोरा सचिन र छोरी सरलालाई पनि तत्काल नेपाल ल्याउन भनिएको समितिले जनाएको छ ।

शिवशिखरका तेजबहादुर बम्जन तामाङ, इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली र उनकी श्रीमती छेदा, व्यवस्थापक दिपक पौडेल, शिवशिखर सहकारीका लीलानाथ गौतम, कान्तिपुर सेभिङका प्रेमध्वज लामा र मेघाड्रिमका महाशंकर रेग्मीलाई पनि स्वदेश फर्काउन र छानबिन समितिको दायरामा ल्याउन गृहमन्त्री लेखकलाई निर्देशन दिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार