AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • गोरखा पहिरो : चार जनाको शव भेटियो, एक जना अझै बेपत्ता

गोरखा पहिरो : चार जनाको शव भेटियो, एक जना अझै बेपत्ता

  • सोमवार, साउन १४, २०८१
गोरखा पहिरो : चार जनाको शव भेटियो, एक जना अझै बेपत्ता

काठमाडौं– गोरखाको धार्चेमा लेदोसहितको पहिरो जाँदा बेपत्ता भएका चार जनाको शव फेला परेको छ।नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले खोजी गर्ने क्रममा चार जनाको शव फेला पारेका हुन् ।घटनास्थलमा तीन जनाको र फिस्लिङमा एक जनाको शव फेला परेको छ।

सुलाल कान्छा गुरुङ, उनका छोरा जीतबहादुर गुरुङ र बुहारी कान्छीमाया गुरुङको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।शनिबार गण्डकी गाउँपालिका–८ बर्खेघाटस्थित फिस्लिङ नदी किनारमा एक महिलाको शव फेला परेको र उक्त शव त्यही पहिरोले बगाएर ल्याएको हुनसक्ने अनुमान गरिएको थियो ।

तीन जनाको शव सोमबार दिउँसो र एक जना महिलाको शव आइतबार नै फेला परेको थियो।पहिरोमा जितबहादुरका परिवारका तीन जना परेका थिए।  जितबहादुरकी श्रीमती कान्छीमाया गुरूङ पनि पहिरोमा परेर बेपत्ता थिइन्।यो पहिरोमा परेर जितबहादुरको परिवारका तीन जना र स्थानीय एक र आरूघाट गाउँपालिकाका एक जना बेपत्ता थिए।तीमध्ये आरूघाटका रमेश परियारको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार