кракен ссылкакракен ссылка
AarthikBikash
मङ्लबार, असार ३१, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • ब्रेक्इङ न्युज
  • सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन : पाँच बजेपछि बैठक गरेर भत्ता लिने प्रवृत्ति छ भने अब त्याग्नू

सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन : पाँच बजेपछि बैठक गरेर भत्ता लिने प्रवृत्ति छ भने अब त्याग्नू

  • मङ्लबार, साउन १५, २०८१
सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन : पाँच बजेपछि बैठक गरेर भत्ता लिने प्रवृत्ति छ भने अब त्याग्नू

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई जसरी पनि सफल बनाउनुपर्ने बताएका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।प्रधानमन्त्री ओलीले मितव्ययी हुन सचिवहरूलाई निर्देशन दिए। प्रधानमन्त्री ओलीले राज्यका मन्त्रालय र निकायमा तलब दिइएकाले बैठक आदिको भत्ता लिने गर्नु उचित नहुने बताए।प्रधानमन्त्री ओलीले भने,‘राज्यका मन्त्रालय र निकायमा तलव दिइएकाले बैठक आदिको भत्ता लिने गर्नु उचित हुँदैन। मुलुकमा २० प्रतिशतभन्दा बढी जनता निरपेक्ष गरिबीको रेखामुनी छन् । आर्थिक अवस्था राम्रो छैन। हामीले देश र जनताका लागि प्रतिबद्ध भएर सेवा दिनुछ। दिनभरि काम नगर्ने र पाँच बजेपछि बैठक गरेर भत्ता लिने प्रवृत्ति छ भने अब नगर्नू ।’

नयाँ काम भन्दा पनि हाल थालिएका काम सम्पन्न गर्ने गरी लाग्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ । कुनै पनि कुरामा ढिलासुस्ती नहोस् भन्नेतर्फ ध्यान दिनुपर्ने उनले बताए।कानुनहरू नियन्त्रात्मक र निषेधात्मक भएको भन्दै कानुन बनाउन र कार्यान्वयन गर्दा जनतालाई अनुकूल हुनेगरी बनाउनु पर्नेमा प्रधानमन्त्रीको जोड छ ।साथै उनले अनुसन्धान विभागलाई पनि प्रभावकारी बनाउनुपर्ने बताए । सरकारले थालेका सबै काम फास्ट ट्रयाकमा कुद्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

सम्बन्धित समाचार