AarthikBikash
बिहिबार, फाल्गुन २८, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • कक्षा १२ को परिक्षामा १ लाख ८७ हजार विद्यार्थी अनुतिर्ण

कक्षा १२ को परिक्षामा १ लाख ८७ हजार विद्यार्थी अनुतिर्ण

  • शुक्रबार, साउन १८, २०८१
कक्षा १२ को परिक्षामा १ लाख ८७ हजार विद्यार्थी अनुतिर्ण

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ।शुक्रबार बिहान बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेपछि नतिजा सार्वजनिक भएको हो।गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए।

कक्षा १२ को नतिजामा एक लाख ८७ हजार २१ जना ननग्रेडिङ (एनजी) आएको छ ।परीक्षामा सहभागी भएका नियमति तर्फ ३ लाख ९० हजार ८६८ जना विद्यार्थीमध्ये एक लाख ८७ हजार २१ जना विद्यार्थी फेल भएका छन् ।नतिजामा ५२ प्रतिशत अर्थात २ लाख ३ हजा ८४७ जना विद्यार्थी उतिर्ण भएका छन् ।४८ प्रतिशत विद्यार्थीको एनजी आएको हो । त्यस्तै ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ५९१ रहेका छन् भने १०२ जनाको परीक्षा रद्ध भएको छ ।

सम्बन्धित समाचार