AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • बालुवाटारमा क्यानका पदाधिकारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

बालुवाटारमा क्यानका पदाधिकारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

  • शनिबार, साउन १९, २०८१
बालुवाटारमा क्यानका पदाधिकारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं-नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

शनिबार बिहानै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर क्यानका पदाधिकारीले ओलीसँग भेटवार्ता गरेका हुन् ।

भेटपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा तस्वीर राख्दै सामाजिक सञ्जालमा एउटा गतिलो रंगशाला बनाउनु पर्यो’ भन्ने सुझाव सबैभन्दा धेरै आएको र सरकारको पहिलो निर्णय नै सुविधा सम्पन्न रंगशाला बनाउने भएको स्मरण गरेका छन् ।

ओली नेतृत्वको सरकारले कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने पहिलो निर्णय गरेको थियो ।

भेटमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालगायत सहभागी थिए ।

Facebook Comments

सम्बन्धित समाचार