AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • विद्युत् प्राधिकरणका सञ्चालक समिति सदस्यद्धय पुन र आचार्य बर्खास्त

विद्युत् प्राधिकरणका सञ्चालक समिति सदस्यद्धय पुन र आचार्य बर्खास्त

  • आइतवार, साउन २०, २०८१
विद्युत् प्राधिकरणका सञ्चालक समिति सदस्यद्धय पुन र आचार्य बर्खास्त

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई सदस्यलाई पदमुक्त गरेको छ ।ऊर्जा मन्त्रालयले विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यबाट भक्तबहादुर पुन र कपिल आचार्यलाई बर्खास्त गरेको हो।उनीहरुले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्नुपर्ने अडान राख्दै आएका थिए ।

डेडिकेटेड र ट्रंक लाइनको विद्युत् सुविधा प्रयोग गरेर बक्यौता नतिर्ने उद्योगको लाइन काटिएको र ती उद्योगीले बक्यौता नतिरेसम्म लाइन जोड्नन हुने भन्दै अडान लिएका आचार्य र पुनलाई साउन १५ मा लिखित स्पष्टिकरण माग गरिएको थियो ।साउन १८ मा उनीहरूले स्पष्टिकरण बुझाएका थिए । सोही दिन उनीहरूलाई सञ्चालक समिति सदस्यबाट हटाउने निर्णय भएको हो ।स्पष्टिकरण चित्त नबुझ्दो र सन्तोषजनक नदेखिएको भन्दै उनीहरूलाई सोही दिन हटाउने निर्णय भएको ऊर्जा मन्त्रालयले जनाएको छ।

Facebook Comments

सम्बन्धित समाचार