AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • नोबेल पुरस्कार विजेता युनुस बंगलादेशको अन्तरिम सरकार प्रमुख नियुक्त

नोबेल पुरस्कार विजेता युनुस बंगलादेशको अन्तरिम सरकार प्रमुख नियुक्त

  • बुधबार, साउन २३, २०८१
नोबेल पुरस्कार विजेता युनुस बंगलादेशको अन्तरिम सरकार प्रमुख नियुक्त

काठमाडौं – बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा डा. मोहम्मद युनुस नियुक्त हुनुभएको छ ।

नोबेल पुरस्कार विजेता युनुसलाई राष्ट्रपति मोहम्मद शहाबुद्दीनले अन्तरिम सरकार प्रमुख नियुक्तिको घोषणा गर्नुभएको हो । मङ्गलबार राति राष्ट्रपति र आरक्षण विरोधी विद्यार्थी आन्दोलनका संयोजकहरुबीचको बैठकपछि युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने निर्णय भएको थियो ।

यस अघि मंगलबार राष्ट्रपतिले बंगलादेशको संसद भंग गरेर अन्तरिम सरकार गठनको बाटो खोलिदिनुभएको थियो ।
८४ बर्षिय यूनुसले बंगलादेशमा ग्रामिण बैंकको स्थापना गरेर गरिबी विरोधी अभियान संचलान गरेका कारण २००६ मा नोबेल शान्ती पुरस्कार पाउनुभएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार