AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • प्रधानमन्त्री ओली र अमेरिकी उपविदेशमन्त्री बर्माबीच भेटवार्ता

प्रधानमन्त्री ओली र अमेरिकी उपविदेशमन्त्री बर्माबीच भेटवार्ता

  • शुक्रबार, साउन ३२, २०८१
प्रधानमन्त्री ओली र अमेरिकी उपविदेशमन्त्री बर्माबीच भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी उपविदेशमन्त्री रिचार्ड आर बर्माबीच भेटवार्ता भएको छ ।

शुक्रबार काठमाडौं ओर्लनेबित्तिकै अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उपविदेशमन्त्री बर्माले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।प्रधानमन्त्री ओलीसँग उपविदेशमन्त्री बर्माको आर्थिक विकास, महिला सशक्तिकरण, ऊर्जा क्षेत्रमा सहकार्य सम्भावना लगायत विषयमा छलफल भएको छ ।

भेटमा प्रधानमन्त्री ओलीले अमेरिकामा हुन गइरहेको राष्ट्रपति चुनावका बारेमा सामान्य चासो राखेको स्रोतले बतायो।उपविदेशमन्त्री बर्माले प्रधानमन्त्री बाहेक अरु दलका नेता, सरकारी अधिकारीहरु, नागरिक समाजका सदस्यहरुलाई पनि भेट्ने कार्यक्रम छ ।नेपालमा अघिल्लो महिना सत्ता परिवर्तन भएसँगै अमेरिकी कुटनीतिक तहबाट भएको यो सबैभन्दा माथिल्लो तहको भ्रमण हो ।

Facebook Comments

सम्बन्धित समाचार