AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • राजनीति
  • पाँचवटा संसदीय समितिको बैठक बस्दै, के-के छन् कार्यसूची ?

पाँचवटा संसदीय समितिको बैठक बस्दै, के-के छन् कार्यसूची ?

  • आइतवार, भदौ ९, २०८१
पाँचवटा संसदीय समितिको बैठक बस्दै, के-के छन् कार्यसूची ?

काठमाडौं-प्रतिनिधिसभाअन्तर्गतको पाँचवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ ।

संसद सचिवालयका अनुसार अर्थ समितिमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थमन्त्रीसँग छलफल गर्ने कार्यसूची छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको नेपाल आयल निगमको इन्धन भण्डारणको स्थानान्तरणका सम्बन्धमा छलफल गरिनेछ ।

त्यसैगरी संसदीय अध्ययन तथा सुझाव समिति (पेट्रोलियम पदार्थको आपूर्ति र वितरण व्यवस्थालाई व्यवस्थित गर्न अध्ययन गरी राय सुझावसहितको प्रतिवेदन पेस गर्ने) प्रतिवेदन, २०७१ ले बैकल्पिक उर्जाको रुपमा इथानोलको सम्भाव्यता अध्ययन गर्ने सम्बन्धमा दिएको निर्देशनको हालसम्मको कार्यान्वयनको अवस्थाका बारेमा छलफल र पेट्रोलियम पदार्थमा मिसावट गरी प्रयोग गर्न सकिने इथानोलको उत्पादक कियान केमिकल इन्डस्ट्रिज प्रा.लि. को निवेदन उपर छलफल गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

कानुन, न्याय तथा मानवअधिकार समितिमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफादार छलफल गरिनेछ ।

त्यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट सम्पादन हुने कार्यहरूको प्राथमिकता, कार्यक्रम तथा कार्ययोजना, कार्यसम्पादनमा रहेका समस्या, मन्त्रालयमा बजेट लगायतका सम्बन्धमा छलफल गरिनेछ । सार्वजनिक लेखा समितिमा कार्यसूची उल्लेख गरिएको छैन । यी दुवै समितिको बैठक दिउँसो १ बजे बस्नेछ ।

Facebook Comments

सम्बन्धित समाचार