mega darknetmega darknet
AarthikBikash
शनिबार, मंसिर ७, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • Maximize your crypto potential with trust wallet app and discover tools for smarter asset use.
  • प्रहरीमा ३० वर्षे खारेजीविरुद्धको ‘भ्याकेट’मा आज सुनुवाइ

प्रहरीमा ३० वर्षे खारेजीविरुद्धको ‘भ्याकेट’मा आज सुनुवाइ

  • शुक्रबार, भदौ १४, २०८१
प्रहरीमा ३० वर्षे खारेजीविरुद्धको ‘भ्याकेट’मा आज सुनुवाइ

काठमाडौं – नेपाल प्रहरीमा ३० वर्षे सेवा हद कार्यान्वयन नगर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्धको ‘भ्याकेट’मा आज सुनुवाइ हुँदैछ ।

न्यायाधीशद्वय डा. नहकुल सुवेदी र विनोद शर्माको इजलासले बिहीबार सुनुवाइपछि शीघ्र सुनुवाइका लागि शुक्रबारको पेसी तोकेको हो ।

यही भदौ ६ गते न्यायाधीश हरिप्रसाद फुयालको इजलासले नेपाल प्रहरीको ३० वर्षे सेवा हद कार्यान्वयन नगर्न, अवकाशको पत्र पाएकाहरूको पत्र कार्यान्वयन नगर्न र थप पत्र नकाट्न अन्तरिम आदेश जारी गरेको थियो । सो आदेशपछि सरकार अप्ठेरोमा परेको थियो ।

त्यसैले ३० वर्षे हटाउन सरकार ऐन बनाउने प्रक्रियामै रहेको, सर्वोच्चले दिएको आदेश नमिलेको, आदेशले नेपाल प्रहरीको ‘चेन अफ कमाण्ड’ भत्काएको तथा कार्यान्वयनमा पनि द्विविधा सृजना भएको भन्दै सरकारले आदेश पुनरावलोका लागि निवेदन दिएको थियो ।

उक्त निवेदन न्यायाधीशद्वय सुवेदी र शर्माको इजलासले भ्याकेट निवेदन स्वीकार गर्ने वा नगर्ने विषयमा आदेश गर्नेछ ।

सम्बन्धित समाचार