AarthikBikash
शुक्रबार, कार्तिक २३, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • नरैनापुरमा झाडापखालाबाट चारको मृत्यु, सातजना बिरामी

नरैनापुरमा झाडापखालाबाट चारको मृत्यु, सातजना बिरामी

  • सोमवार, भदौ १७, २०८१
नरैनापुरमा झाडापखालाबाट चारको मृत्यु, सातजना बिरामी

काठमाडौं– नरैनापुरमा झाडापखालाका कारण चारजनाको मृत्यु भएको छ । बाँकेको नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट सातजना बिरामी परेका छन् ।नरैनापुर–३ का वडाध्यक्ष अजय मिश्राले झाडापखालाबाट गेगलका २५ वर्षीय रुसा पासी र उहाँकी डेढ वर्षकी छोरी नन्दनी पासी, ६० वर्षीया शान्ति पासी र १० वर्षीय युसुफ अलीको मृत्यु भएको जानकारी दिए ।

भारतीय सीमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले जानकारी दिए ।झाडापखाला नियन्त्रण गर्न स्वास्थ्य कार्यालय बाँकेसँग समेत समन्वय भएको छ गर्मी र खानेपानी दूषित भएका कारण झाडापखाला फैलिएको हुनसक्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

Facebook Comments

सम्बन्धित समाचार