AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • एनसेलको लाइसेन्स पाँच वर्षका लागि नवीकरण

एनसेलको लाइसेन्स पाँच वर्षका लागि नवीकरण

  • सोमवार, भदौ १७, २०८१
एनसेलको लाइसेन्स पाँच वर्षका लागि नवीकरण

काठमाडौं– सरकारले निजी दूरसञ्चार प्रदायक एनसेलको लाइसेन्स नवीकरण गरेको छ ।नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको लाइसेन्स नवीकरण गरेको हो । सरकारले सर्तसहित एनसेलको लाइसेन्स पाँच वर्षका लागि नवीकरण गरेको छ ।गत साता बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एनसेलको लाइसेन्स नवीरकण गर्ने निर्णय गरेको थियो।त्यसपछि मुलुकको दूरसञ्चार नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको लाइसेन्स पाँच वर्षका लागि नवीकरण गरेको हो ।

एनसेलले आइतबार थप १ अर्ब रुपैयाँ भुक्तानी गरेपछि उसको लाइसेन्स नवीकरण भएको हो । एनसेलले यसअघि १४ जेठमा ४ अर्ब रुपैयाँ बुझाएको थियो ।एकमुष्ट नवीकरण दस्तुर तिर्न नसक्ने भन्दै एनसेलले यसअघि किस्ताबन्दी सुविधा उपलब्ध गराउन सरकारसँग आग्रह गरेको थियो । एनसेलको आग्रहपछि सरकारले किस्ताबन्दी सुविधा दिएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार