mega darknetmega darknet
AarthikBikash
शनिबार, मंसिर ७, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • Maximize your crypto potential with trust wallet app and discover tools for smarter asset use.
  • पदक विजेता पलेशाको खातामा सरकारले पठायो ६५ लाख पुरस्कार

पदक विजेता पलेशाको खातामा सरकारले पठायो ६५ लाख पुरस्कार

  • शुक्रबार, भदौ २८, २०८१
पदक विजेता पलेशाको खातामा सरकारले पठायो ६५ लाख पुरस्कार

काठमाडौं– पेरिस पाराओलम्पिक २०२४ की ऐतिहासिक पदक विजेता पलेशा गोवर्धनको खातामा सरकारले ६५ लाख पुरस्कार पठाएको छ । तेक्वान्दो खेलमा कास्य पदक विजेता पलेशाको खातामा सरकारले डिजिटल माध्यम मार्फत ६५ लाख रुपैयाँ जम्मा गरेको हो ।शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा कार्यक्रम आयोजना गरिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले खातामा रकम जम्मा गराएको जानकारी दिएका थिए।प्रधानमन्त्री ओलीले पदक विजेतालाई सम्मानपत्र समेत हस्तान्तरण गरेका थिए। यस्तै प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार रुपैयाँ पुरस्कार र व्यवस्थापकलाई २ लाख ९२ हजार रुपैयाँ पुरस्कार रकम दिइएको छ।

सरकारले राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार सो पुरस्कार दिएको हो। यसअघि मन्त्रिपरिषदको बैठकले पलेशालाई दिने पुरस्कारमा कर नलाग्ने निर्णय गरेको थियो।

सम्बन्धित समाचार