AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • राजनीति
  • बालेनसँग भिड्न कार्यकर्ता उक्साउँदै ओली

बालेनसँग भिड्न कार्यकर्ता उक्साउँदै ओली

  • आइतवार, भदौ ३०, २०८१
बालेनसँग भिड्न कार्यकर्ता उक्साउँदै ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र सरकारविरुद्ध अभिव्यक्ति दिने काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई ‘तह लगाउन’ कार्यकर्ता पंक्तिलाई निर्देशन दिएका छन् । मेयर बालेनले स्थानीय तहको क्षेत्राधिकारमा हस्तक्षेप गरेको र आफूले गरेका निर्णयको दोष महानगरलाई लगाएर आफू जोगिन खोजेको भन्दै एमाले अध्यक्षसमेत रहेका ओलीको चर्को आलोचना गर्दै आएका छन् ।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले बालेनको नाम नलिईकन ‘मनपरी बोल्ने केटो’विरुद्ध मैदानमा उत्रिन कार्यकर्तालाई उक्साएका हुन् । ओलीकै उक्साहटमा यसअघि पनि एमाले नेता÷कार्यकर्ताहरू बालेनविरुद्ध संगठित भएर छुद्र अभिव्यक्ति दिँदै आएका छन् । ‘अहिले कहाँ एउटा केटो निस्कियो, त्यसले मनपरी बोल्छ । त्यसलाईचाहिँ चलाउन हुँदैन है, त्यसलाई चलाउन हुँदैन रे । त्योसँग जनमत छ रे । नचलाएर उसको कुरा स्थापित हुँदै जान दिनुहुन्छ, नचाहिने प्रचारहरू स्थापित हुँदै जान दिनुहुन्छ भने साँच्चै स्थापित हुन्छ,’ ओलीले भने ।

उनले कार्यकर्तालाई मैदानमै उत्रिएर आफूसँग भएका सबै अस्त्र प्रयोग गर्नसमेत निर्देशन दिए । ‘देखिसक्यौँ नि हामीले, बोक्नेले त बोकेकै छ । बोकेको बिरालोले मार्ने हो कि होइन । तर, बिरालो काँधमा बोकेर यतापट्टिबाट गोली हानेर मृग मार्यो भने, बोकेको बिरालोले मृग मार्यो भन्दै चलाइन्छ । त्यसकारण हामी भ्रमबाट मुक्त हुनुपर्छ,’ ओलीले भने ।

उनले हाम्रा पनि कमजोरी छन् भनेर एमाले कार्यकर्ता बालेनसँग भिड्न डराएको बताए । ‘आफ्नै पनि कमजोरी छ । त्यसलाई चलायो आफ्नै कमजोरी निकाल्दियो भने ? बरु त्यसलाई चलाउँदै नचलाउनु ठिक । कमजोरी छरपस्ट पारिदियो भने बर्बाद ! यस्तो भनेर बसेर हुन्छ ? निक्लिनुपर्यो नि मैदानमा, बोल्नुपर्छ । आफूसँग भएका सम्पूर्ण अस्त्र प्रयोग गर्नुपर्छ,’ ओलीले भने ।

प्रधानमन्त्री ओलीले एमाले बलियो हुँदाहुँदै पनि लडाइँ नगर्दा अहिले बजारमा कमजोर देखिएको पनि बताए । ‘नलडी कोही विजेता नहुने भन्दै ओलीले बलियो र दुब्लोको लडाइँमा बलियोले प्रहार नै गर्दैन भने दुब्लोको स्वतः जित्ने बताए । ‘दुब्लोले कहिले आँखा फुटाइदेला, अर्को पटक के गर्देला, अर्को पटक दाँत झारिदेला, दुब्लोले त्यति त सक्छ नि ! बलियाले हात छाड्दैन,’ ओलीले भने, ‘अनि दुब्लोले एकलौटी हान्या छ, हान्या छ गरेपछि बलियोले नि हार्छ । लड्नुपर्यो नि जित्न । आफ्नै हातमा मोबाइल छ, तर आफ्नै साथीविरुद्ध लेख्या छ । विरोधीसँग लड्न मोबाइल चुप छ । अनि हामी लड्छौँ कसरी ?’

यस्तै, प्रधानमन्त्री ओलीले कार्यकर्ताले पनि पार्टीका लागि काम नगरेको भन्दै असन्तुष्टि जनाए । एउटा कार्यकर्ताले एउटा भोट मात्रै ताने पनि ४६ लाख भोट हुने बताउँदै उनले कसरी २६÷२८ लाख मात्रै भोट आएको भनी प्रश्न गरेका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार