AarthikBikash
आइतवार, अशोज ६, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • आईसीसी विश्वकप लिग–२ : आज घरेलु टोली क्यानडासँग भिड्दै नेपाल

आईसीसी विश्वकप लिग–२ : आज घरेलु टोली क्यानडासँग भिड्दै नेपाल

  • आइतवार, अशोज ६, २०८१
आईसीसी विश्वकप लिग–२ : आज घरेलु टोली क्यानडासँग भिड्दै नेपाल

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ । खेल किङ्ग सिटीमा नेपाली समय अनुसार राति पौने ९ बजे शुरु हुनेछ ।यो शृङ्खलाको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भयो । शृङ्खलामा नेपाल, ओमान र क्यानडा सहभागी छन् । यो शृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले असोज ८ गते ओमान खेल्नेछ ।

Facebook Comments

सम्बन्धित समाचार