AarthikBikash
आइतवार, अशोज ६, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • दुर्गा प्रसाईं पक्राउ

दुर्गा प्रसाईं पक्राउ

  • आइतवार, अशोज ६, २०८१
दुर्गा प्रसाईं पक्राउ

काठमाडौं – प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ ।

साइबर ब्यूरोको टोलीले प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरेको हो ।

प्रसाईंबिरुद्ध विद्युत्तीय कारोबार ऐन अन्तर्गत साइबर ब्यूरोमा जाहेरी परेको छ।

नेपाल प्रहरीको साइबर ब्यूरोमा उनीविरुद्ध जाहेरी परेपछि जिल्ला अदालत, काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

प्रसाईंसँगै जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरूद्ध पुर्जी जारी भएको थियो।भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ६ कमेरोटारस्थित प्रसाईंको निवासमै ३ भ्यानसहित प्रहरी पुगेको थियो । प्रसाईंले गेट नखोलेपछि प्रहरी गेट नाघेर भित्र प्रवेश गरेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार