AarthikBikash
शनिबार, अशोज १२, २०८१
  • होमपेज
  • राजनीति
  • भिजिबिलिटी कम हुँदा नख्खुमा चार जनालाई हेलिकप्टरबाट उद्धार गर्न सकेनौं : गृहमन्त्री लेखक

भिजिबिलिटी कम हुँदा नख्खुमा चार जनालाई हेलिकप्टरबाट उद्धार गर्न सकेनौं : गृहमन्त्री लेखक

  • शनिबार, अशोज १२, २०८१
भिजिबिलिटी कम हुँदा नख्खुमा चार जनालाई हेलिकप्टरबाट उद्धार गर्न सकेनौं : गृहमन्त्री लेखक

काठमाडौं-गृहमन्त्री रमेश लेखकले नख्खु नदीछेउको एक टहराको छतमा रहेकाहरूलाई हेलिकप्टरबाट उद्दार गर्न नसकिएको बताएका छन्।

गृहमन्त्री लेखकले भिजिबिलिटीका कारण उनीहरूलाई हेलिकप्टरबाट उद्धार गर्न नसकिएको बताएका हुन् ।

गृह मन्त्रालयमा बसेको बैठकपछि बोल्दै गृहमन्त्री लेखकले भने, ‘नख्खु खोलामा मानिसहरु टहराको छतमा बसेको अवस्थामा हामी कोसिस गर्दा गर्दा पनि बचाउन सकेनौं । हेलिकप्टठर उडाएर उद्धार गर्न, भिजिबिलिटिका कारणले हेलिकप्टर उडाएर जोगाउन सकेनौं।’

स्थलमार्गबाट पनि उद्धारको प्रयास असफल भएको उनले बताए ।

जमिनबाट सशस्त्र र प्रहरीले उद्धार गर्ने प्रयास गरेपनि उद्धारमा खटिएका प्रहरी जवानहरुलाई नै बगाएर उद्धार गर्नुपर्ने स्थिति बनेको उनले बताए ।

Facebook Comments

सम्बन्धित समाचार