AarthikBikash
मङ्लबार, साउन २६, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • खराब मौसमका कारण हवाई उडान प्रभावित

खराब मौसमका कारण हवाई उडान प्रभावित

  • आइतवार, पुस २१, २०८१
खराब मौसमका कारण हवाई उडान प्रभावित

काठमाडौं– प्रतिकूल मौसमका कारण देशको हवाई उडान सामान्य प्रभावित भएका छन्। आइतबार प्रतिकुल मौसमका कारण नेपालका धेरैजसो विमानस्थलमा उडान प्रभावित बनेको हो ।त्रिभुवन विमानस्थलमा भने उडान सामान्य रहेको छ । आज बिहान भद्रपुर, भरतपुर र पोखराबाहेकका विमानस्थलमा उडान हुन सकेन।

तुम्लिङटार, विराटनगर, जनकपुर र नेपालगन्जमा १० बजेपछि हुस्सु खुल्न थालेको छ । तराई र पहाडी भेगमा बाक्लो सुस्सुका कारण उडान प्रभावित हुने गरेका छन् । सोहीकारण आज बिहानका अधिकांश आन्तरिक उडान डिले भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार