AarthikBikash
आइतवार, पुस २८, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • रवि लामिछानेको बयान न्यायाधीश अधिकारीको इजलासमा

रवि लामिछानेको बयान न्यायाधीश अधिकारीको इजलासमा

  • आइतवार, पुस २८, २०८१
रवि लामिछानेको बयान न्यायाधीश अधिकारीको इजलासमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा न्यायाधीश माधव अधिकारीको इजलासमा परेको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश अधिकारीको इजलासमा लामिछानेको बयान र त्यसपछि थुनछेक बहस सुरू हुनेछ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएपछि लामिछाने आइतबार आफैँ अदालतमा हाजिर भएका हुन् ।

लामिछाने आइतबार बिहान साढे ९ बजेनै अदालतमा हाजिर भएका थिए। गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रविलाई सरकारी वकिलले सो ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदावी गरेको छ । यसअघि कास्की जिल्ला अदालतले उनलाई सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा ६५ लाख धरौटी माग गरी छाड्न आदेश दिएको थियो।

Facebook Comments

सम्बन्धित समाचार