काठमाडौं-रूपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुने भएको छ ।
अदालतले लामिछानेलाई आज बिहान १० बजे अदालत उपस्थित हुनेगरी श्रीमती र कानुन व्यवसायीको जिम्मा लगाएको थियो ।
सुप्रिम सहकारी ठगीमा मुद्दा लागेका रविसँग जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबार बयान लिइएको थियो ।
बयान सकिएपछि उनलाई थुनछेक बहसमा उपस्थित गराउनेगरी श्रीमती निकिता पौडेल र कानुन व्यवसायीको जिम्मामा पठाउने आदेश भएको थियो ।
सुप्रिम सहकारीबाट लामिछानेले दुई करोड लिएको भौचर भेटिएको भन्दै उनीविरुद्ध सहकारी ठगी मुद्दा परेको छ ।