सुर्खेत-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारप्रति आफूहरूको कुनै अभिरुचि नभएको बताएका छन्।
सुर्खेत विमानस्थलमा आज बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । उनले वर्तमान सरकार अवैध तरिकाले बनेकोले धेरै टाढा नजानेमा भने आफूहरू प्रस्ट रहेको जिकिर गरे।
संविधान र जनताको भावना विपरीत सरकार गठन भएकोले धेरै पर नजाने अध्यक्ष प्रचण्डको भनाइ छ ।
आफूले भने अनुसार नै सरकार भ्रष्टाचारीलाई बचाउने र बिचौलियालाई पोस्ने काममा लिप्त रहेको अध्यक्ष प्रचण्डले दाबी गरे ।
यद्यपि आफूहरू सरकार ढाल्ने प्रक्रियामा नरहेको उनले प्रस्ट पारे ।
देशको राजनीति सहज नदेखिएको भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको क्रियाकलापका कारण एमालेभित्र पनि निकै उकुसमुकुस रहेको बताए ।
ओलीले अध्यादेशबाट शासन गर्न खोजेको भन्दै प्रचण्डले समितिमा गइसकेको विधेयकलाई अध्यादेशबाट शासन गर्नु गलत भएको बताए ।