काठमाडौं-गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्ने क्रममा भएको घटनाबारे सांसदहरूसँग छलफल गर्ने भएका छन्।
गृहमन्त्री लेखकले ताप्लेजुङ घटनाबारे छलफल गर्न ताप्लेजुङ, पाँचथर, इलाम र धनकुटाका सांसदहरुलाई साँझ ५ बजे छलफलका लागि गृह मन्त्रालयमा बोलाएका हुन्।
गत शनिबार पाथीभरा केबलकार निर्माण गर्ने क्रममा ‘नो केबलकार’ समूह र सुरक्षाकर्मीबीच झडप भएको थियो।
पाथीभरा मुकुम्लुङ केबलकार दर्शन प्रालिले त्यहाँ कात्तिक २३ गतेदेखि निर्माणको काम सुरू गरेको थियो। निर्माण कम्पनी पक्षधर र अर्को पक्षबीच विरोध हुँदै आएको छ।
दुई पक्षबीच झडप हुँदा प्रहरी निरीक्षकसहित २१ जना घाइते भएका थिए। ‘नो केबलकार’ समूहका चार जना घाइते भएका थिए।