काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले ‘स्टन्ट’बाजीबाट देश नचल्ने बताएका छन् ।
युवा कानुन व्यवसायी सम्मेलन, २०२५ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।
उनलेराजनीतिसहित समाजका हरेक क्षेत्रमा सुधारको आवश्यकता रहेको बताए ।
प्रधानमन्त्री ओलीले यथार्थमा जनताप्रति इमानदारिता र बफादारिताका साथ सबैले आफ्नो कर्तव्य पूरा गरेर देशलाई भद्रगोल र विपन्नबाट मुक्त बनाउनुपर्ने बताए।
राजनीतिक दलहरुको नेतृत्व र जनताको सहभागितामा लोकतन्त्र ल्याइएकाले अब शान्तिसुरक्षा, सुशासन र समृद्धि कायम गर्न सबै पक्ष कटिबद्ध हुनुपर्नेमा प्रधानमन्त्रीको जोड छ ।
प्रधानमन्त्री ओलीले सांसदहरुले कानुन बनाउँदा सार्वभौमसत्ता सम्पन्न जनताका तर्फबाट कानुन बनाउँदैछु भन्ने कुरा हेक्का राखेर काम गर्नुपर्ने र सरकारले म नै सबकुछ हुँ भन्ने भ्रम पाल्न नहुने स्पष्ट गरे।