AarthikBikash
शनिबार, माघ १९, २०८१
  • होमपेज
  • राजनीति
  • आजदेखि संसदको हिउँदे अधिवेशन सुरु,अध्यादेशका कारण सरकार र प्रतिपक्षी आमनेसामने

आजदेखि संसदको हिउँदे अधिवेशन सुरु,अध्यादेशका कारण सरकार र प्रतिपक्षी आमनेसामने

  • शुक्रबार, माघ १८, २०८१
आजदेखि संसदको हिउँदे अधिवेशन सुरु,अध्यादेशका कारण सरकार र प्रतिपक्षी आमनेसामने

काठमाडौं – बजेट अधिवेशन सकिएको ५ महिना पुग्नै लाग्दा आज (शुक्रबार) अपराह्न १ बजेदेखि संघीय संसद्को दुबै सभाको बैठक बस्दै छ । प्रतिनिधिसभाको यस कार्यकालको पाँचौँ बैठकको रूपमा आजदेखि हिउँदे अधिवेशन सुरु हुन लागेको हो भने राष्ट्रिय सभाको १७औँ अधिवेशन पनि आजदेखि नै सुरु हुनेछ । यस अधिवेशनलाई विधेयक अविधेशनका रूपमा पनि लिइन्छ ।

गत ७ माघमा बसेको मन्त्रिपरिषद् बैठकले १८ गतेदेखि संसद् अधिवेशन बोलाउनेबारे गरेको निर्णयअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले ८ माघमा संसद् अधिवेशन आह्वान गरेका थिए । विपक्षी दलले सरकारले संसद् अधिवेशन बोलाउन ढिला गरेको र अध्यादेशमार्फत सरकार सञ्चालन गर्न खोजेको भन्दै सरकारको आलोचना गर्दै आन्दोलनको चेतावनी र विशेष अधिवेशनबारे माग उठाउँदै गर्दा सरकार संसद् आह्वानका लागि बाध्य भएको थियो । विशेष गरी बजेट अधिवेशन अन्त्यपछिको समय सरकार र विपक्षीबीचको टसल, विवाद र प्रतिशोधपूर्ण रह्यो ।

यो ५ महिनामा सरकारले ६ वटा अध्यादेश ल्यायो भने सहकारी पीडितको न्यायका लागि भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मुद्दामाथि मुद्दा लगाउँदै छानबिन पनि सुरु भयो । मुख्य गरी यी २ कारणले गर्दा नै विपक्षीहरू सरकारप्रति बढी रुष्ट छन् । आजदेखि सुरु हुने हिउँदे अधिवेशन पनि मुख्यतया यी २ विषयमाथि नै केन्द्रित हुने पक्का छ ।

यस अवधिमा संसद्का दुबै सदनमा सरकारले हालै मात्र ल्याएको ६ अध्यादेशसँगै समान ३–३ वटा विधेयक दर्ता भएका छन् । विधेयकतर्फ सामाजिक सञ्जाल विधेयक, २०८१, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ र पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ राष्ट्रिय सभामा दर्ता भएका थिए भने प्रतिनिधिसभामा गृह मन्त्रालय अन्तर्गतका ३ विधेयक गत १५ माघमा दर्ता भएको थियो । जसमा सशस्त्र प्रहरी बल, नेपाल विधेयक,२०८१, नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक,२०८१ र नेपाल प्रहरी विधेयक,२०८१ छन् ।

Facebook Comments

सम्बन्धित समाचार